जनकपुरधाम । मधेस प्रदेशको सत्ता समीकरण फेरिने भएको छ । हालको सत्ता गठबन्धनमा परिवर्तन गर्दै नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित नयाँ सरकार गठनको तयारी भइरहेको छ । यससँगै जसपा नेपाल सरकारबाट बाहिरिने अवस्था देखिएको छ ।

नयाँ सहमतिअनुसार मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नै निरन्तर रहने बताइएको छ । गठबन्धनमा सहभागी दलहरूबीच मन्त्रालयको बाँडफाँट र सत्ता साझेदारीबारे अन्तिम छलफल भइरहेको जनाइएको छ ।

ADVERTISEMENT

यसअघि मात्रै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार निरन्तर रहने दाबी गरेका थिए । महोत्तरीको बर्दिबासमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ तथा ‘जरा अभियान’लाई सम्बोधन गर्दै उनले कांग्रेसको नेतृत्व कमजोर नहुने र सरकार सञ्चालनमा पार्टीको भूमिका अझ सशक्त हुने बताएका थिए ।

ADVERTISEMENT

तर पछिल्ला राजनीतिक घटनाक्रमसँगै कांग्रेस–एमालेसहितको नयाँ गठबन्धन बनेपछि मधेस प्रदेशको सत्ता संरचना परिवर्तन हुने संकेत देखिएको छ । नयाँ गठबन्धनले प्रदेश सरकारलाई स्थिरता दिने दाबी गरिएको छ भने राजनीतिक रूपमा यसले मधेसको शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याउने अनुमान गरिएको छ ।