काठमाडौं। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमणलाई स्वीकृति दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारत भ्रमण स्वीकृत भएको जानकारी दिएका छन्।

ADVERTISEMENT

मन्त्रिपरिषद् बैठकको निर्णयमा ‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने’ उल्लेख छ।

ADVERTISEMENT

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६ र ७ गते भारतको दुई दिने औपचारिक भ्रमणमा जाँदै छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने तथा प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाह मंसिर ७ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।