काठमाडौं । कैलालीको धनगढीमा सत्याग्रहमा बसेका डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबिच सोमबार पनि वार्ता हुँदैछ । आइतबार लामो समयसम्म भएको छलफल निस्कर्षविहीन टुंगिएको थियो ।

सेती प्रादेशिक अस्पतालमा दिउँसो करिब १ बजे सुरु भएको वार्ता राति ११ बजेसम्म चलेको थियो, तर केसीका मागमा सहमति जुट्न सकेन ।

ADVERTISEMENT

केहीबेरमा पुन: वार्ता सुरु हुँदैछ । केसीका मागबारे वार्ता गर्न प्रतिनिधिसभा सदस्य पुकार बम, प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल तथा केसीका तर्फबाट डा. पवन थापा र डा। अमृत जैसी सहभागी छन् ।

दिनभर भएको वार्तामा केसीका प्रतिनिधिले कैयौँ पटक आइसीयुमा गएर सहमितबारे केसीसँग परामर्श गरेका थिए । धनगढीको कृष्ण मन्दिरमा गत बिहीबारबाट अनसन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ ।

ADVERTISEMENT

केसीले कैलालीको गेटास्थित सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्टारको नियुक्ति खारेज हुनुपर्ने अडान राखेका छन् ।