काठमाडौं। चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका सल्लाहकार र स्वास्थ्य सचिव धनगढी पुगेका छन् । डा.केसीले बिहीबारदेखि धनगढीमा सत्याग्रह गरिरहेका छन् ।

उनको माग सम्बोधन गरी सत्याग्रह रोक्न प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोट धनगढी गएका हुन् । शिक्षा सचिव चूडामणि पौडेल भने शनिबार नै धनगढी पुगेका छन् ।

ADVERTISEMENT

मन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको थियो ।

धनगढी पुगेको टोलीले आजै केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेका छन् । सरकारले वार्तामार्फत केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयास गरेको छ । केसीलाई शनिबार नै चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

ADVERTISEMENT