काठमाडौँ, कात्तिक १७ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनायो।विराटनगरको इनिङ्समा लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धशतकीय पारी खेले। लोकेशले ५० र इमरानले ५६ रन बनाए भने रसेल ५२ रनमा अविजित रहे।
तीनै ब्याटरको अर्धशतकसँगै विराटनगरले जनकपुरसामु बलियो लक्ष्य खडा गरेको हो।बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए। अब जनकपुरले जितका लागि १७५ रन पछ्याउनेछ।









