काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भइरहेको खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पावर प्लेमा तीन विकेट गुमाएर ३८ रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीका आरिफुल इस्लामले १० बलमा १९ रन जोडेका छन्। जनकपुरका बलर राहुल यादवले कसिलो बलिङ गर्दै दुई ओभरमा मात्र दुई रन खर्चिएर दुई विकेट लिएका छन्।

ADVERTISEMENT

 

ADVERTISEMENT