काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज भारततर्फ प्रस्थान गरेका छन् ।

तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि उनी भारत प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।

ADVERTISEMENT

सभापति लामिछाने धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

ADVERTISEMENT