काठमाडौं । बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन्। उनकाे सचिवालयका अनुसार भट्टराई बुधबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

भट्टराई नयाँ दिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ विश्व सम्मेलनमा सहभागी हुन भारत जान लागेका हुन्। उक्त सम्मेलन मार्च १२, १३ र १४ मा भारत मण्डपम मा आयोजना हुने जनाइएको छ।

ADVERTISEMENT

सम्मेलनमा भट्टराई ‘विशेष अतिथि’का रूपमा सहभागी हुने उनकाे सचिवालयले जनाएको छ। कार्यक्रममा विभिन्न देशका राजनीतिक नेतृत्व, नीतिनिर्माता तथा विज्ञहरू सहभागी भई समसामयिक वैश्विक मुद्दाबारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।

भ्रमणका क्रममा भट्टराईले सम्मेलनमा सम्बोधन गर्ने तथा विभिन्न अन्तर्राष्ट्रिय व्यक्तित्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

ADVERTISEMENT