काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना शाखा अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले असोज १४ गतेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरूलाई विभिन्न मन्त्रालय तथा स्थानीय तहमा सरुवा गरेको हो। केही अधिकृतलाई कामकाजका लागि विभिन्न निकायमा खटाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको निर्णयअनुसार सरुवा तथा कामकाजका लागि खटाइएका अधिकृतहरूले सम्बन्धित निकायमा जिम्मेवारी सम्हाल्नेछन्।








