काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई नियुक्तिका लागि बधाई दिँदै दुई देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताए। उनले राजदूतका रूपमा जिम्मेवारी निर्वाह गर्न परराष्ट्र मन्त्रालयका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे।
भेटमा नेपाल–दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको थियो। दुवै पक्षले आगामी दिनमा विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।








