काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा खतिवडाले ७६८ मत प्राप्त गरेका छन्।

हालसम्म गणना भएको मतपरिणामअनुसार अजयबाबु सिवाकोटी ५४८ मतसहित दोस्रो स्थानमा छन्।

ADVERTISEMENT

त्यस्तै, डिल्लिराज सुवेदीले ४३९, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४, राजीव ढुंगानाले २५३, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन्।

ADVERTISEMENT

कांग्रेसको सहमहामन्त्री खुलातर्फ दुई जना निर्वाचित हुने व्यवस्था छ। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।