काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयका सानेपामा दिउँसो एक बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ । केन्द्रीय समिति बैठकमा हुने छलफलका एजेण्डामा सहमति कायम गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । कार्यसम्पादन समितिको बैठक पनि केन्द्रीय कार्यालयका सानेपामै बस्ने छ ।







