नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोज जनता पार्टी (सीजेपी) को समर्थनमा भइरहेको प्रदर्शनका क्रममा अभिनेता इमरान खान पक्राउ परेका छन्।
प्रहरीले नियन्त्रणमा लिनुअघि खानले आवतजावतको स्वतन्त्रतामाथि लगाइएको प्रतिबन्ध र सर्वसाधारणको आवाज दबाइएको विषयमा प्रश्न उठाउन आफू प्रदर्शनस्थलमा आएको बताएका थिए।
उनले आफू कुनै माग राख्न वा कुनै संगठनको प्रतिनिधिका रूपमा प्रदर्शनमा सहभागी नभएको स्पष्ट पारे। आफू उक्त सहरमा बस्ने एक नागरिकका रूपमा उपस्थित भएको उनको भनाइ थियो।
‘म कुनै माग लिएर आएको होइन, म यो सहरमा बस्ने एक नागरिकका रूपमा यहाँ आएको हुँ,’ खानले भनेका थिए, ‘आवतजावतको स्वतन्त्रता किन सीमित गरिँदै छ र मानिसहरूको आवाज किन दबाइँदै छ भन्ने बुझ्न आएको हुँ।’
उनले आफू कुनै संगठनसँग आबद्ध नरहेको र कसैसँग माग राख्ने उद्देश्यले प्रदर्शनमा सहभागी नभएको पनि बताएका थिए।
प्रहरीले उनलाई नियन्त्रणमा लिनुअघि दिएको उक्त अभिव्यक्ति भारतीय समाचार एजेन्सी एएनआईले सार्वजनिक गरेको हो।







