काठमाडौं । दसैंको अवधिमा नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरसहित ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । दसैंका बेला यात्रुवाहक सवारीसाधनको चाप अत्यधिक हुने भएकाले यस्तो निर्णय गरिएको हो ।
निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरसहित ठूला मालवाहक सवारी चलाउन पाइने छैन ।
तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने सञ्चालनमा रोक नलगाइने भएको छ ।






