काठमाडौँ । कञ्चनपुरको दोधारा–चाँदनी झोलुङ्गे पुलमा आवागमन बन्द गरिएको छ। पुलको केही भागमा फलामका पाता अस्वाभाविक रूपमा माथि उठेपछि प्रहरीले आवागमन रोकेको हो।

दोधारा–चाँदनी नगरपालिकालाई कञ्चनपुर सदरमुकामसँग जोड्ने पुलका केही फलामका पाताका नट–बोल्ट फुत्किएर माथितिर उठेको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ADVERTISEMENT

पुलमा जोखिम देखिएपछि दुईपांग्रे सवारीसाधन र पैदलयात्रीको आवागमन पूर्ण रूपमा रोकिएको छ। पुल मर्मतसम्भार गरेपछि मात्रै आवागमन खुलाइने प्रहरीले जनाएको छ।

ADVERTISEMENT

महाकाली नदीमाथि बनेको यो झोलुङ्गे पुल १ हजार ४५२ दशमलव ९६ मिटर लामो छ। दोधारा–चाँदनी नगरपालिकाले पनि पुललाई आफ्नो प्रमुख पूर्वाधारका रूपमा उल्लेख गरेको छ।