काठमाडौं । सडक विभागले आज २५ जिल्लामा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको बताएको छ । भारी वर्षाको कारण २५ जिल्लामा सडक पूर्ण रूपमा बन्द गरिएको विभागले जनाएको छ ।
हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, बाजुरा, कालिकोट, डोटी, अछाम, सुर्खेत, सल्यान, बाँके, बर्दियालगायत जिल्लामा पूर्ण रूपमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।
२७ जिल्लामा रातको समयमा सवारी आवागमन नहुने सडक विभाग बताएको छ । रातमा सवारी नचल्ने जिल्लाहरूमा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङलगायतका छन् ।
बाँकी २५ जिल्लामा सतर्क रहन सडक विभागले आग्रह गरेको छ ।







