काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। सडक विभागले शुक्रबार राति साढे ८ बजेसम्मको अवस्थामा यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायतका स्थानमा यातायात पूर्ण रूपमा बन्द छ। लगातार वर्षा भइरहेकाले स्थानीय प्रशासनबाट अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ।

ADVERTISEMENT

त्यस्तै बीपी राजमार्ग अन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायतका स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो तथा डाइभर्सनका कारण अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन करिब दुई दिन लाग्ने अनुमान गरिएको सडक विभागले जनाएको छ।

ADVERTISEMENT

कान्ति राजमार्ग र सिद्धिचरण राजमार्ग पनि अवरुद्ध छ । एकतर्फी सञ्चालन भएका स्थानमा ट्राफिक व्यवस्थापनको पालना गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ।

819784440_1393020459671466_8745288289746938396_n

ADVERTISEMENT