काठमाडौँ  । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्दै काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा आज इन्द्रजात्रा धुमधामका साथ मनाइएको छ।

ADVERTISEMENT

वसन्तपुरमा मनसुनी झरीबीच कुमारी, गणेश र भैरवको रथयात्रा निकालिनुका साथै विभिन्न सांस्कृतिक झाँकी तथा परम्परागत नाच प्रस्तुत गरिएका थिए।

ADVERTISEMENT

इन्द्रजात्राका अवसरमा कुमारी घरबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा निकालिएको थियो। रथयात्रा अवलोकन गर्न ठूलो संख्यामा स्थानीय तथा उपत्यकाका विभिन्न स्थानबाट आएका सर्वसाधारण वसन्तपुर र आसपासका क्षेत्रमा भेला भएका थिए।

ADVERTISEMENT

परम्परागत बाजागाजासहित विभिन्न सांस्कृतिक समूह तथा समुदायको सहभागिता रहेको जात्रामा देवप्याखँ, लाखेनाच र पुलुकिसी नाच मुख्य आकर्षण बनेका थिए।

काठमाडौँ उपत्यकाको प्राचीन नेवार संस्कृति, धार्मिक आस्था र सामाजिक एकताको महत्वपूर्ण पर्वका रूपमा लिइने इन्द्रजात्राका कारण वसन्तपुर, असन, इन्द्रचोक र हनुमानढोकालगायत क्षेत्रमा विशेष चहलपहल देखिएको थियो।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसहित सरकारका मन्त्री तथा विशिष्ट व्यक्तिहरू पनि वसन्तपुर पुगेका थिए।