काठमाडौं । काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा हनुमानढोका दरबार क्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

ADVERTISEMENT

नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई उजागर गरिएको थियो। कार्यक्रममा युवापुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोडिन प्रेरित गरिएको आयोजकले जनाएको छ।

ADVERTISEMENT

इन्द्रजात्राको जीवन्त वातावरण, सांस्कृतिक विविधता र ऐतिहासिक गरिमालाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय संस्कृति, कला तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको थियो।

ADVERTISEMENT

एक्स्ट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहभागी हुँदै आफ्नो सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै आएको जनाएको छ।