काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुगेका छन्।

प्रधानमन्त्री शाहलाई जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले आजै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ। उनी न्युयोर्कस्थित नेपाली नियोगले आयोजना गर्ने स्वागत समारोहमा पनि सरिक हुनेछन्।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले बिहीबार अपराह्न महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।