काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम कहिले हुने भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले लामो समयदेखि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेको भन्दै सरकारलाई सांसदका प्रश्नको जवाफ दिने विषयमा गम्भीर बन्न आग्रह गरेका हुन्।
राईले सभामुखमार्फत प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘सदनमा सभामुखमार्फत सोध्न चाहन्छु, सरकार र सरकार प्रमुखले दिनुपर्ने जिम्मेवारी कहिले पूरा हुन्छ ?’
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमका लागि यसअघि भदौ १० गतेको मिति तोकिएको भए पनि उक्त कार्यक्रम हुन नसकेको विषयमा राईले आपत्ति जनाएका छन्।
उनले सरकारका कामकारबाही तथा पछिल्ला घटनाक्रमबारे संसद्मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने बताएका छन्।








