काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार ५१२ स्थानीय तहमा गाउँ–नगर अधिवेशन सम्पन्न भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार ५८ जिल्लाका ५१२ पालिकामा बुधबार अधिवेशन भएको हो ।

ADVERTISEMENT

बाँकी रहेका २४१ पालिकामा भने बिहीबार र शुक्रबार पनि गाउँ–नगर अधिवेशन जारी रहने समितिले जनाएको छ ।

ADVERTISEMENT

समितिले बुधबार विज्ञप्ति जारी गर्दै बिहीबारदेखि भारी वर्षा हुने पूर्वानुमान रहेको भन्दै निर्वाचन अधिकृतहरूलाई अधिवेशनको समय र स्थान अनुकूल मिलाउन निर्देशन दिएको छ ।

समितिले आफू मातहतका पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रका अधिवेशनहरू मौसमको अवस्थालाई ध्यानमा राखेर आवश्यक समन्वय गरी सञ्चालन गर्न निर्वाचन अधिकृतहरूलाई आग्रह गरेको हो ।

ADVERTISEMENT