काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरेर ‘कन्टेन्ट कम्पिटिसन’ हुने भएको छ ।

नेपाल विद्यार्थी संघले प्रथम पुरस्कार ५० हजारसहित यस्तो प्रतिस्पर्धा गराउन लागेको हो । नेविसंघले १५ जनासम्मलाई नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।

ADVERTISEMENT

कांग्रेसको इतिहास, महाधिवेशन तथा समसमसामयिक विषयमा भिडियोहरू बनाउन भनिएको छ । भिडियो बनाउनेहरूले सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्नेछ । यसमा दुई लाख २० हजार रुपैयाँ विभिन्न व्यक्तिलाई पुरस्कार वितरण गरिने नेविसंघले जनाएको छ ।

ADVERTISEMENT

प्रथमले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार नगद पुरस्कार पाउनेछन् । अन्य १२ जनालाई १० हजारका दरले पुरस्कार वितरण गरिने नेविसंघले जानकारी दिएको छ ।

कन्टेन्ट बनाउने समय असोज २५ गते बेलुका ५ बजेसम्मका लागि निर्धारण गरिएको छ । बुष्ट गरेको भिडियोहरूलाई मान्यता नदिइने बताइएको छ ।

ADVERTISEMENT

कांग्रेसको १५ औँ महाधिवेशन असोज १८ देखि काठमाडौंमा हुँदै छ । महाधिवेशनका लागि हाल क्षेत्रीय अधिवेशन भइरहेका छन् ।