काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको कारबाहीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को पूर्ण पालना गर्न सबै सांसदको ध्यानाकर्षण गराएका हुन्।

ADVERTISEMENT

सभा सञ्चालनका क्रममा सांसदहरूले नियमावलीका प्रावधानलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनले सदनलाई व्यवस्थित र मर्यादित बनाउनु प्रत्येक सदस्यको साझा कर्तव्य र दायित्व भएको बताए।

ADVERTISEMENT

सभामुख अर्यालले हाल कार्यान्वयनमा रहेको प्रतिनिधि सभा नियमावली, २०८३ अनुसार सभा सञ्चालन गर्नु नै सदनको गरिमा कायम राख्ने मुख्य आधार भएको उल्लेख गरे।

उनले भने, ‘हरेक दिनको बैठकलाई मर्यादित र व्यवस्थित बनाउनु हामी सबैको कर्तव्य र दायित्व हो। सबै माननीय सदस्यहरूको पहलबाट प्रतिनिधि सभा नियमावली, २०८३ लागू गरी सोहीअनुसार सभा सञ्चालन भइरहेको छ।’

ADVERTISEMENT

सभामुखले सांसदहरूको विशेष ध्यानाकर्षण गराउँदै नियमावलीको नियम २० र २१, विशेषगरी नियम २० को खण्ड (ट) को पूर्ण पालना गर्न आग्रह गरे।

उनले बैठकको मर्यादा र गरिमा कायम राख्दै नियमावलीअनुसार सदनको कारबाही अघि बढाउन सबै सांसदलाई आग्रह गरेका छन्।