काठमाडौँ। रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहत कार्यको पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी हालसम्म १ हजार ४ सय ३ जनाको मृत्यु भएको छ भने ६ हजार १५० जना बेपत्ता छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मानवीय क्षतिको तथ्यांक सार्वजनिक गरेको हो।
विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति चितवनमा (३६४) भएकाे छ। बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट १३ हजार ७४२ जनाको उद्धार गरिएको छ।







