काठमाडौं, मर्जर तथा प्राप्तिसम्बन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्टले हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १५ वटा ठूला वाणिज्य बैंक एक सय २८ वटा बैंक तथा वित्तीय संस्थालाई आफूमा गाभेर वा प्राप्ति गरेर बनेको देखाएको छ।

प्रतिवेदनअनुसार हाल सञ्चालनमा रहेका नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड, नेपाल बैंक, कृषि विकास बैंक र एभरेस्ट बैंकबाहेकका बाँकी १५ वटा बैंक विभिन्न बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिबाट बनेका हुन्।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार मर्जर तथा प्राप्ति प्रक्रियामा सहभागी भएर ठूला बनेका बैंकहरूमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।

ADVERTISEMENT

यी बैंकमध्ये नबिल बैंक पाँचवटा, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक १२ वटा, हिमालयन बैंक आठवटा, कुमारी बैंक २१ वटा, लक्ष्मी सनराइज बैंक आठवटा, सिटिजन्स बैंक इन्टरनेसनल नौवटा, प्राइम कमर्सियल बैंक आठवटा, सानिमा बैंक दुईवटा, माछापुच्छ्रे बैंक दुईवटा, एनआईसी एशिया बैंक दुईवटा, ग्लोबल आईएमई बैंक २१ वटा, एनएमबी बैंक १० वटा, प्रभु बैंक १५ वटा, सिद्धार्थ बैंक तीनवटा र राष्ट्रिय वाणिज्य बैंक दुईवटा बैंक तथा वित्तीय संस्था मिलेर बनेका हुन्।

नबिल बैंक

प्रतिवेदनअनुसार नबिल बैंकमा नेपाल बंगलादेश बैंक, नेपाल बंगलादेश फाइनान्स, नेपाल श्रीलंका मर्चेन्ट फाइनान्स र युनाइटेड फाइनान्स गाभिएका हुन्।

ADVERTISEMENT

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा पनि एक दर्जन बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सहभागी भएका छन्। तत्कालीन विश्व विकास बैंक, फेवा फाइनान्स, गण्डकी विकास बैंक, मेगा बैंक, पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, मातृभूमि विकास बैंक, कालिञ्चोक विकास बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स यसमा गाभिएका हुन्।

हिमालयन बैंक

हालको हिमालयन बैंकमा तत्कालीन पशुपति डेभलपमेन्ट बैंक, उद्यम विकास बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, सिभिल बैंक, इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी, युनिक फाइनान्स, हामा मर्चेन्ट एन्ड फाइनान्स र हिमालयन बैंक गाभिएका हुन्।

कुमारी बैंक

हालको कुमारी बैंकमा तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, शिखर फाइनान्स, कुमारी बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक, पश्चिमाञ्चल फाइनान्स, एनडीईपी डेभलपमेन्ट बैंक, राइजिङ डेभलपमेन्ट बैंक, साझा विकास बैंक, युनियन फाइनान्स, वेस्टर्न डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, स्वस्तिक मर्चेन्ट फाइनान्स, अन्नपूर्ण डेभलपमेन्ट बैंक, सूर्यदर्शन फाइनान्स, रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक, अपी फाइनान्स, इन्टरनेसनल डेभलपमेन्ट बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक गाभिएका हुन्।

लक्ष्मी सनराइज बैंक

हालको लक्ष्मी सनराइज बैंकमा तत्कालीन नारायणी फाइनान्स, नेसनल फाइनान्स, सनराइज बैंक, एनआईडीसी क्यापिटल मार्केट, दियालो विकास बैंक, प्रोफेसनल डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक र हाईसेफ फाइनान्स गाभिएका हुन्।

सिटिजन्स बैंक इन्टरनेसनल

हालको सिटिजन्स बैंक इन्टरनेसनलमा सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल हाउजिङ एन्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक, तिनाउ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी एन्ड डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्स गाभिएका हुन्।

प्राइम कमर्सियल बैंक

हालको प्राइम कमर्सियल बैंकमा तत्कालीन विराटलक्ष्मी विकास बैंक, खाँदबारी विकास बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, कन्काई विकास बैंक, कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स गाभिएका हुन्।

सानिमा बैंक

सानिमा बैंकमा सानिमा बैंक र बागमती डेभलपमेन्ट बैंक गाभिएका हुन्।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकमा स्ट्यान्डर्ड फाइनान्स गाभिएको हो।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकमा एनआईसी एशिया बैंक र बैंक अफ एशिया नेपाल गाभिएका हुन्।

ग्लोबल आईएमई बैंक

हालको ग्लोबल आईएमई बैंकमा त्रिवेणी विकास बैंक, पब्लिक डेभलपमेन्ट बैंक, ब्राइट डेभलपमेन्ट बैंक, जनता बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, एकता विकास बैंक, नेपाल आवास फाइनान्स, ग्लोबल बैंक, आईएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, सोसियल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक, कमर्ज एन्ड ट्रस्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल फाइनान्स, शुभलक्ष्मी फाइनान्स, नेपाल कन्जुमर डेभलपमेन्ट बैंक, हाथवे फाइनान्स, लुम्बिनी विकास बैंक, नवदुर्गा फाइनान्स र बैंक अफ काठमाडौं गाभिएका हुन्।

एनएमबी बैंक

एनएमबी बैंकमा प्रुडेन्सियल फाइनान्स, गोर्खा फाइनान्स, पाथिभरा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, एनएमबी बैंक, सिटी डेभलपमेन्ट बैंक, ओम फाइनान्स, मनास्लु डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंक गाभिएका हुन्।

प्रभु बैंक

प्रतिवेदनअनुसार प्रभु बैंकमा प्रभु फाइनान्स, समृद्धि विकास बैंक, वैभव फाइनान्स, किस्ट बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक, जेनिथ फाइनान्स, ग्रान्ड बैंक, अरनिको डेभलपमेन्ट बैंक, शौर्य डेभलपमेन्ट बैंक, इनोभेटिभ डेभलपमेन्ट बैंक, सेन्चुरी कमर्सियल बैंक, सगरमाथा मर्चेन्ट फाइनान्स, पाटन फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स गाभिएका हुन्।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकमा बिजनेस डेभलपमेन्ट बैंक, युनिभर्सल फाइनान्स र सिद्धार्थ बैंक गाभिएका हुन्।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक गाभिएका हुन्।

मर्जर तथा प्राप्तिमार्फत बैंकिङ क्षेत्रको संरचनामा ठूलो परिवर्तन