काठमाडौं । शक्तिशाली चक्रवात अर्नबका कारण भारतको आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ३१ वटा घरमा क्षति पुगेको छ।
राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का वरिष्ठ अधिकारीका अनुसार आन्ध्र प्रदेशका ७१४ गाउँ आँधीबाट प्रभावित भएका छन्।
चक्रवातबाट बढी प्रभावित हुने अनुमान गरिएका आन्ध्र प्रदेश र ओडिसासहित छत्तीसगढ, झारखण्ड, पुडुचेरी, तेलङ्गाना तथा अन्डामान र निकोबार द्वीपसमूहमा पनि एनडीआरएफका टोली परिचालन गरिएको छ।
एनडीआरएफका महानिरीक्षक नरेन्द्र सिंह बुन्देलाले पत्रकार सम्मेलनमा यी क्षेत्रमा गरी कुल ३९ टोली खटाइएको जानकारी दिएका छन्। उनका अनुसार गएराति थप चार टोली आन्ध्र प्रदेश पठाइएको थियो।
चक्रवात अर्नब आन्ध्र प्रदेशको तटीय क्षेत्रमा ठोक्किएको थियो। त्यसपछि यो अति गम्भीर चक्रवाती आँधीबाट कमजोर हुँदै गम्भीर चक्रवातमा परिणत भएको जनाइएको छ।








