काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बाढीबाट विद्युत् आपूर्ति हुन नसकेका स्थानमा वैकल्पिक व्यवस्था समेत अपनाउने जानकारी गराएको छ ।
बुधबार आएको भीषण बाढीले विद्युत् आयोजनामा क्षति पुर्याएको छ । उर्जा मन्त्रालयका अनुुसार ४३१.१ मेघावाट विद्युत् क्षमतामा क्षति पुगेको छ । बाढीका कारणले विद्युत आपूर्ति हुन नसकेका स्थानमा वैकल्पिक व्यवस्था गरिने प्राधिकरणले जनाएको छ ।
बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनर्स्थापना गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न तीव्र रुपमा कार्य अघि बढाइएको प्राधिकरणले जानकारी गराएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित क्षेत्रमा सौर्य ऊर्जा प्रविधि मार्फत तत्काल विद्युत् सेवा पुर्याउन संयन्त्र परिचालन गरेको प्राधिकरणले जानकारी गराएको छ ।
प्राधिकरणका अनुसार बाढीका कारण विद्युत् संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सेवा नियमित गर्न आवश्यक प्राविधिक जनशक्ति तथा स्रोतसाधन परिचालन गरिएको छ ।






