काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ५.३० अंकले घटेर २ हजार ५९४ अंकमा कायम भएको छ। अघिल्लो कारोबार दिन पनि नेप्से १९.१३ अंकले घटेको थियो।

बजार परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्ब २३ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

ADVERTISEMENT

आज कारोबार भएका कम्पनीमध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको, १८७ कम्पनीको घटेको र १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

ADVERTISEMENT

समूहतर्फ विकास बैंक र निर्जीवन बीमा समूहबाहेक सबै समूह घटेका छन्। विकास बैंक समूह ०.०८ प्रतिशत र निर्जीवन बीमा समूह ०.३६ प्रतिशतले बढेको छ।

बैंकिङ समूह ०.०३, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.७१, जलविद्युत् ०.४२, लगानी ०.०८, जीवन बीमा ०.०९, उत्पादन तथा प्रशोधन ०.२९, माइक्रोफाइनान्स ०.२७, अन्य ०.१८ तथा व्यापार समूह ०.५७ प्रतिशतले घटेका छन्।

ADVERTISEMENT

कारोबार रकमका आधारमा हाइड्रोपावर समूह सबैभन्दा अगाडि रह्यो। उक्त समूहमा मात्रै २ अर्ब ४९ करोड रुपैयाँ, अर्थात् कुल कारोबारको ६०.६६ प्रतिशत कारोबार भएको छ। वाणिज्य बैंक समूहमा ३२ करोड र उत्पादन तथा प्रशोधन समूहमा ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो।

आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स १४.९५, नाडेप लघुवित्त ६, एभरेस्ट कलर ५.७१ तथा कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य ५.५६ प्रतिशतले बढेको छ।

यता धौलागिरि लघुवित्तको सेयर मूल्य १०.०७ प्रतिशतले घटेको छ। उन्नती सहकार्य लघुवित्त ४.२३ र रिजलाइन इनर्जी ३.८६ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलविद्युत् कम्पनी तथा चन्द्रागिरि हिल्स अगाडि रहे।