काठमाडौँ । बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।
इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्तीलोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा त्रिशूली-मैलुङ सडक, नुवाकोटमा टोखा-छहरे सडक, लमजुङमा बेँसीसहर-मनाङ सडक र रुकुम पश्चिममा जाजरकोट-डोल्पा सडक पूर्णरूपमा अवरुद्ध छ।
इलाममा मेची राजमार्ग बन्द भए पनि वैकल्पिक सडकबाट आवतजावत भइरहेको छ। काभ्रेमा बीपी राजमार्ग रातको समयमा बन्द भए पनि दिनको सयममा गाडी चलिरहेका प्रहरीले जनाएको छ।
त्यसैगरी बागलुङमा कालीगण्डकी करिडोर, मुस्ताङमा बेनी जोमसोम र जोमसोम कोरला सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्।







