काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते राति ९:४५ बजे काठमाडौं फर्किने भएका छन्।

देउवानिकट कांग्रेस नेता राजु श्रेष्ठका अनुसार देउवा उक्त दिन एक्लै स्वदेश फर्किनेछन् भने परिवारका अन्य सदस्य केही समयपछि नेपाल आउनेछन्।

देउवा स्वास्थ्योपचारका लागि फागुन १३ गते सिंगापुर गएका थिए। त्यसपछि चैत ७ गते हङकङ पुगेका उनी केही समय त्यहाँ बसेर पुनः सिंगापुर फर्किएका थिए।

ADVERTISEMENT

राजु श्रेष्ठका अनुसार देउवा सिंगापुरबाट काठमाडौं फर्किन लागेका हुन्। स्वदेश फर्किएपछि उनले साउन २९ गते आयोजना हुने कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि श्रेष्ठले जानकारी दिए।

ADVERTISEMENT