काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनको ३४ दिनपछि सार्वजनिक भएका छन् । उनी श्रीमती आरजु राणा देउवासँगै पार्टी कार्यालय सानेपा पुगेका थिए ।

आजबाट सुरु केन्द्रीय समिति बैठकमा उनले लिखित सम्बोधन गरेका छन् । सभापति देउवाले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राखेका छन् ।

ADVERTISEMENT

लगत्तै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन् । देउवा निवासमा सोमबार साँझ बसेको शीर्ष नेताहरुको बैठकमा खड्कालाई कार्यवाहक सभापति दिन उनी राजी भएका हुन् ।

खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएर देउवा सिंगापुर जाने तयारी छन् । भदौ २४ गते आपराधिक जत्थाको भौतिक आक्रमण व्यहोरेका देउवा दम्पतीले सिंगापुरमा थप उपचार गर्नेछन् ।

ADVERTISEMENT