काठमाडौं — नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलामा प्रस्तुत गरिने विभिन्न प्रतिवेदन तयार पार्न शीर्ष नेताहरूलाई जिम्मेवारी तोकेको छ।

२९ देखि ३१ साउनसम्म हुने राष्ट्रिय भेलाका लागि राजनीतिक प्रतिवेदन लेखनको संयोजकमा नेता विमलेन्द्र निधिलाई जिम्मेवारी दिइएको छ।

ADVERTISEMENT

यस्तै, सांगठनिक प्रतिवेदन लेख्ने जिम्मेवारी उमाकान्त चौधरी, समसामयिक विषयको प्रतिवेदन तयार पार्ने जिम्मेवारी एनपी साउद, आर्थिक नीति प्रतिवेदन लेख्ने जिम्मेवारी डा. प्रकाशशरण महत तथा कानुन र विधानसम्बन्धी प्रतिवेदन तयार पार्ने जिम्मेवारी रमेश लेखकलाई दिइएको छ।

ADVERTISEMENT

राष्ट्रिय भेलाका लागि गठित प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार प्रतिवेदन लेखनका लागि ७ देखि ११ सदस्यीय कार्यदल गठन गरिएको छ।

विश्वकर्माले प्रतिवेदन लेखनको जिम्मेवारी पाएका नेताहरूले आफ्नो जिम्मेवारीअनुसार तीव्र रूपमा काम अघि बढाइरहेको जानकारी दिए।

ADVERTISEMENT