झापा। झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठकले प्रारम्भिक अग्रता लिएका छन्।
हालसम्म ६ हजार ४३७ मतगणना हुँदा रास्वपाका पाठकले २ हजार २८१ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन १ हजार ६०७ मतसहित दोस्रो स्थानमा रहेका छन् भने श्रम, संस्कृति पार्टीका दीपक तिम्सिना ७८८ मतसहित तेस्रो स्थानमा छन्।
यसैगरी नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले ५१० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का हरिबहादुर राजवंशीले ६२० मत ल्याएका छन्। नेकपाका डिल्लीराम घिमिरेले ७७ मत प्राप्त गरेका छन्।
झापा–३ मा कुल १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको थियो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रको मतगणना एउटै हलभित्र तीन स्थानमा एकैसाथ भइरहेको छ।
झापा–३ मा रास्वपाका प्रकाश पाठकको प्रारम्भिक अग्रता


