काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा ओर्लिएको छ।
आज कारोबार रकम पनि घटेको छ । दुई करोड कित्ता सेयर किनबेच हुँदा आठ अर्ब ३६ करोडको कारोबार भएको छ।
सर्वाधिक कारोबार रिडी पावर कम्पनीको ५३ करोडको भएको छ । आखु खोला जलविद्युत् ४४ करोड, ङादी ग्रुप पावर ३१ करोडको कारोबार भएको छ।
मंगलबार ४२ वटा सेयरको मात्र मूल्य बढेको छ। आज सबैभन्दा बढी सालपा विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ। रिलायन्स स्पिनिङ मिल्सको पनि ९.६४ प्रतिशतले बढेको छ।
बुद्धभूमि नेपाल हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, आरम्भ चौतारी लघुवित्त पनि क्रमशः ८.३९, ६.३१ र ५.९५ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।








