काठमाडौं ।  बलिउड अभिनेत्री शिल्पा शेट्टी काठमाडौं आएकी छन्। उनी शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकी हुन्।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन्।

ADVERTISEMENT

शिल्पा शेट्टीलाई विमानस्थलमा आयोजक टोलीले स्वागत गरेको थियो। काठमाडौंस्थित सोल्टी होटलमा आयोजित कार्यक्रममा उनी विशेष अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

भारतको इभेन्ट तथा वेडिङ उद्योगको संस्था इभेन्ट व्यवस्थापक महासंघ (इएमएफ) ग्लोबलले आफ्नो १३ औँ ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ पहिलो पटक नेपालमा आयोजना गरेको हो।

ADVERTISEMENT

आइतबारसम्म चल्ने कार्यक्रममा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुने जनाइएको छ।

बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि कार्यक्रममा सहभागी हुन आउने जनाइएको छ। त्यस्तै, मनीषा कोइराला पनि सहभागी हुने आयोजकले जनाएको छ।