काठमाडौं । साताको कारोबारको चौथो दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि नेप्सेको पहिरो रोकिएको छैन ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.२९ अंक घटेर २६७२.५८ विन्दुमा झरेको छ। १३ वटै उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक १.२० प्रतिशत घटेको छ। विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरुर १ प्रतिशतभन्दा कम छ।

ADVERTISEMENT

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बुधबार चार अर्ब दुई करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३३७ स्टकको ४४ हजार ६५१ पटकको कारोबारमा तीन अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँबराबरको ७५ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको २४ करोड ३८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको करिब साढे १५ करोड रुपैयाँ र रिडी पावर कम्पनीको कारोबार रकम साढे १० करोड रुपैयाँ नाघेको छ।

एभरेष्ट कलर कम्पनीको आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य १४८ रुपैयाँ ५० पैसा बढेर १ हजार १३८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। कारोबारमा आएको कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक १४.९९ प्रतिशत घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे १२ प्रतिशतभन्दा बढी घटेको छ।

ADVERTISEMENT