काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । गत शुक्रबार बढेर बन्द भएको नेप्से आज घटेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अंक घटेर २७०१.३२ विन्दुमा झरेको छ। १३ मध्ये ११ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३० प्रतिशत घटेको छ। होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसुचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

ADVERTISEMENT

विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। बैंकिङ र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

ADVERTISEMENT

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३६० स्टकको ६९ हजार ८०३ पटकको कारोबारमा ६ अर्ब आठ करोड आठ लाख रुपैयाँबराबरको एक करोड ३९ लाख २५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार रिलायन्स स्पिनिङ मिल्स कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको २८ करोड र रिडी पावर कम्पनीको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

आज एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ९७ रुपैयाँ ६० पैसा बढेर ७४८ रुपेयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १३.३८ प्रतिशत घटेको छ।