काठमाडौं – एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालनका लागि नयाँ सत्ता समीकरणमा सहमति भएपछि नेपाली कांग्रेसले आफ्नो रणनीति तय गर्न आन्तरिक छलफल सुरु गरेको छ।

कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका मुख्यमन्त्री तथा प्रदेश सभापतिहरूलाई आज बिहान ९:३० बजे छलफलका लागि बोलाएका छन्। बैठकमा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुने जनाइएको छ।

ADVERTISEMENT

एमाले–नेकपा सहमतिपछि प्रदेश सरकारको बदलिएको राजनीतिक समीकरणबारे पार्टीको साझा धारणा र आगामी रणनीति तय गर्ने उद्देश्यले बैठक आयोजना गरिएको कांग्रेस स्रोतले जनाएको छ।

ADVERTISEMENT

हाल कांग्रेसले चार वटा प्रदेश सरकारको नेतृत्व गरिरहेको छ। शनिबार भएको सहमतिअनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने भने नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने समझदारी भएको छ।

यद्यपि, बाँकी प्रदेशमा सरकार गठनका लागि एमाले–नेकपालाई कांग्रेससँग समेत सहकार्य गर्नुपर्ने अवस्था रहने भएकाले आजको बैठकलाई कांग्रेसको आगामी राजनीतिक रणनीतिका हिसाबले महत्त्वपूर्ण रूपमा हेरिएको छ।