काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५ वर्षे गौरवमय यात्राका अवसरमा प्रथम बीमा शुल्क (First Premium Income–FPI) १३ अर्ब रुपैयाँभन्दा बढी आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ।

कम्पनीका अनुसार यो उपलब्धिसँगै नेपाल लाइफ पहिलो पटक १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनी बनेको हो। गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको कम्पनीले यस वर्ष उक्त उपलब्धिलाई थप उचाइमा पुर्‍याएको जनाएको छ।

ADVERTISEMENT

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीप्रति विश्वास गर्ने बीमित, समर्पित बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

नेपाल लाइफले २५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टतालाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा, नवीन बीमा योजना, प्रभावकारी लगानी व्यवस्थापन र विश्वस्तरीय बीमा सेवा विस्तारमा अझ प्रतिबद्ध रहने जनाएको छ।

ADVERTISEMENT

कम्पनीले ‘२५ वर्षको विश्वास, आज १३ अर्ब+ को ऐतिहासिक उपलब्धि’लाई ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सबै सरोकारवालाको साझा सफलताका रूपमा लिँदै भविष्यमा पनि जीवन बीमा क्षेत्रमा अग्रणी भूमिका कायम राख्ने विश्वास व्यक्त गरेको छ।