काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बिहीबार महिला उद्यमीहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल हुनेछ ।
बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने दाहालले जानकारी दिइन् ।
छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुने छन् ।
प्रधानमन्त्री बालेनले बुधबार मात्र होटल एसोसिएसन अफ नेपाल (हान) का पदाधिकारीसँग छलफल गरेका थिए । यसअघि उनले उद्योगी व्यावसायीसँग छलफल गर्दै लगानीको वातावरण बनाउने विषयमा छलफल गरेका थिए ।





