काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–१०, का विवेक मण्डलको निधनप्रति कांग्रेस सभापति गगन थापाले गहिरो दुःख व्यक्त गरेका छन् । ३५ वर्षीय मण्डलको मंगलबार बिहान उपचारका क्रममा निधन भएको हो ।

शुक्रबार मण्डलले आत्मदाह प्रयास गरेका थिए । उनको ९० प्रतिशत शरीरका अंग जलेका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।

ADVERTISEMENT

सभापति थापाले मण्डलका सन्तानहरूको शिक्षादीक्षामा आफ्नो निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

‘सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा विवेक मण्डलको आत्मदाहको प्रयासपछि उपचारका क्रममा आज बिहान २ः४० बजे भएको दुःखद निधनको खबरले अत्यन्त मर्माहत बनाएको छ। यस शोकपूर्ण घडीमा स्वर्गीय विवेक मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। यस अपूरणीय क्षतिको पीडा सहन परिवारजनलाई धैर्य र शक्ति प्राप्त होस्।यस कठिन घडीमा म शोकसन्तप्त परिवारको साथमा छु। स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

ADVERTISEMENT