मुगु । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगु सोरु गाउँपालिका–१ का गणेश नेपालीको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुले गहिरो दुःख व्यक्त गरेको छ।

रास्वपा मुगुले जारी गरेको विज्ञप्तिमा काठमाडौंमा राइड–सेयरिङ सेवा ‘पठाओ’ मार्फत परिवारको जीविकोपार्जन गर्दै आएका श्रमजीवी युवा महानगर प्रहरीद्वारा ‘ह्विल लक’ गर्ने क्रममा उत्पन्न तनावका कारण आत्मदाहजस्तो दुःखद निर्णय लिन बाध्य भएको उल्लेख गर्दै घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा उक्त घटनाले राज्य संयन्त्रको नागरिकप्रतिको संवेदनशीलता तथा श्रमजीवी नागरिकले भोग्दै आएको मानसिक र आर्थिक दबाबलाई उजागर गरेको उल्लेख गरिएको छ। कुनै पनि नागरिकलाई आत्मघाती निर्णय लिन बाध्य पार्ने अवस्थाको निष्पक्ष र गम्भीर छानबिन हुनुपर्ने रास्वपाको माग छ।

ADVERTISEMENT

रास्वपा मुगुका सभापति बिर्खबहादुर मल्ल र सचिव रामु विश्वकर्माद्वारा जारी विज्ञप्तिमा घटनाको पृष्ठभूमि र कारणहरूको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

ADVERTISEMENT

743777251_122135250987156186_2203349671059105506_n

ADVERTISEMENT