काठमाडौं — पछिल्ला तीन दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका तीन घटना भएका छन्। तीमध्ये मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मुगुका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो। उनको शव परीक्षणका लागि शुक्रबार राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

ADVERTISEMENT

यता, सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा आगो लगाएका छन्। गम्भीर घाइते भएका उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

त्यसैगरी, शनिबार बिहान काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि आफ्नै शरीरमा आगो लगाएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिएका छन्।

ADVERTISEMENT

प्रहरीले तीनै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।