काठमाडौं — त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गर्नुअघि गणेश नेपाली र काठमाडौं महानगरपालिकाकी एक महिला नगर प्रहरीबीच बाइक पार्किङको विषयलाई लिएर भनाभन भएको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भिडियोमा महिला नगर प्रहरीले गणेश नेपालीलाई निषेध गरिएको स्थानमा मोटरसाइकल किन रोकेको भन्दै प्रश्न गरेको सुनिन्छ। त्यसक्रममा पार्किङ नियमको विषयमा दुवैबीच केहीबेर विवाद भएको देखिन्छ।

भिडियोमा गणेश नेपालीले आफू मोटरसाइकलमै बसिरहेको अवस्थामा लक किन लगाइएको भन्दै प्रश्न गर्छन्। जवाफमा महिला नगर प्रहरीले निषेध गरिएको स्थानमा मोटरसाइकल रोकेकाले लक लगाइएको बताउँदै, “भन्या नमान्ने? नमिल्ने ठाउँमा रोकेपछि लक नलगाएर माला लगाइदिने?” भनेको सुनिन्छ।

ADVERTISEMENT

भिडियोमा उनीहरूबीच निम्न संवाद भएको देखिन्छ—

ADVERTISEMENT
  • महानगर प्रहरी: “कहाँ जानु हुन्छ जानुस्।”
  • गणेश नेपाली: “किन?”
  • महानगर प्रहरी: “किन भागेर आएको?”
  • गणेश नेपाली: “कहाँ रोकेको थियो भन्नु न?”
  • महानगर प्रहरी: “माथि रोकेको थियो।”
  • गणेश नेपाली: “बाइकमा बस्दा लक लगाउँछ?”
  • महानगर प्रहरी: “भन्या नमान्ने? मिल्दैन भनेँ त मैले।”
  • गणेश नेपाली: “म हिँड्न लागेको…”
  • महानगर प्रहरी: “मेरो मोबाइल झारेर किन भागेर आएको?”
  • गणेश नेपाली: “तपाईंले किन लक लगाउनुभयो त?”
  • महानगर प्रहरी: “नमिल्ने ठाउँमा रोकेपछि मैले लक नलगाए के लगाउनु?”
  • गणेश नेपाली: “कोले?”
  • महानगर प्रहरी: “माला लगाइदिने?”

गणेश नेपालीले बिहीबार राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका थिए। शरीरको करिब ५५ प्रतिशत भाग जलेपछि उनको वीर अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको छ।

ADVERTISEMENT

घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ। हालसम्म आत्मदाह प्रयास र उक्त भनाभनबीच प्रत्यक्ष सम्बन्ध रहेको भन्ने आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन।