काठमाडौं– प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बुधबार दिउँसो ३ः३० बजे सिंहदरबारमा बस्नेछ।

ADVERTISEMENT

बैठकमा विभिन्न समसामयिक विषयसँगै नयाँ मुख्यसचिव नियुक्तिबारे निर्णय हुन सक्ने बताइएको छ।

ADVERTISEMENT

एक मन्त्रीका अनुसार हालका मुख्यसचिव सुमनराज अर्यालको कार्यकाल असार २६ गतेदेखि सकिने भएकाले नयाँ मुख्यसचिव नियुक्तिको विषय आजको मन्त्रिपरिषद् बैठकको प्रमुख एजेन्डा बन्न सक्ने सम्भावना छ।