काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा न्यायाधीश डा. मनोजकुमार शर्मा सर्वसम्मत अनुमोदित भएका छन् ।

संसदीय सुनुवाइ समितिले मंगलबार सुनुवाइ गर्दै शर्मालाई भावी प्रधानन्यायाधीशमा अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

सुनुवाइ समितिबाट अनुमोदन भएसँगै शर्मालाई अब राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्त गर्नेछन् । शर्माको सपथ पनि आजै राष्ट्रपति निवास शीतल निवासमा हुने तयारी छ ।
मंगलबारको संसदीय सुनुवाइ समितिको बैठकमा समिति सदस्यहरूले शर्मासँग न्यायपालिका, संवैधानिक व्यवस्था, न्यायिक निष्पक्षता तथा समसामयिक न्यायिक विषयमा प्रश्न सोधेका थिए ।

ADVERTISEMENT

शर्माले सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । त्यसपछि समितिले पूरक प्रश्नका लागि समेत समय दिएको थियो । पूरक प्रश्न नभएपछि समिति सभापति श्रेष्ठले सुनुवाइ प्रक्रिया सम्पन्न भएको जानकारी गराएका हुन् ।

ADVERTISEMENT