काठमाडौं । रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि उनी निर्विरोध चयन भएका हुन् । वाग्ले यसअघि पनि उपसभापति नै थिए ।

रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका छन् । रास्वपाले पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरेको छैन । केही असन्तुष्टिकाबीच बिहीबार केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो ।

ADVERTISEMENT

रास्वपा विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ।

ADVERTISEMENT