काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेले दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन्।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा संगठन विस्तार, आगामी स्थानीय तह निर्वाचनको तयारी र आन्तरिक मनोनयनलगायत विषयमा छलफल हुनेछ।

ADVERTISEMENT

बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनका विषयमा छलफल गर्नेछ।

ADVERTISEMENT

यस्तै, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गरिने ‘हामी आउँदै छौँ’ अभियान र मधेस प्रदेश संगठनको अडिट रिपोर्टबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

रास्वपाले यसअघि पनि स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया र संगठनात्मक तयारी अघि बढाउँदै आएको छ।

ADVERTISEMENT

बैठकबाट संगठन विस्तार तथा आगामी निर्वाचनको तयारीसँग सम्बन्धित केही निर्णयसमेत हुन सक्ने बताइएको छ।