काठमाडौं । सिंहदरबारको दक्षिण गेटमा धर्ना दिइरहेका दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पानीमा भिज्दै धर्नामा बसेका निहारिका सिंह राजपूत र बिनु कठायत सिंहदरबार प्रवेश गर्न खोज्दा आवश्यक मापदण्डअनुसारको प्रवेश पास नभएको भन्दै प्रहरीले रोकेको थियो।
उनीहरूले गृह मन्त्रालयमा पुगेर आफ्ना समस्या प्रत्यक्ष रूपमा राख्न पाउनुपर्ने माग गर्दै धर्ना दिएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार आवश्यक समन्वयका लागि दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबार पठाइएको छ।





